आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एक दिनको सामान्य वृद्धिपछि फेरि ओरालोतिर सेयर बजार, १ अर्ब ९२ करोडको मात्र कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १६ २०८०
एक दिनको सामान्य वृद्धिपछि फेरि ओरालोतिर सेयर बजार, १ अर्ब ९२ करोडको मात्र कारोबार

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै आएको सेयर बजार पुन: उही अवस्थामा देखिएको छ। मौद्रिक नीतिपछि लगातार १२६ अंकले घटेर एकदिन सामान्य वृद्धितर्फ लागेको बजार फेरि ओरालो लागेको हो। केही सीमितको चलखेलमा रहने बजार अझै केही समय उतारचढावमा नै रहने देखिएको छ।

यो साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेको बजार सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुगेको थियो। मंगलबार पुन: २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा झरेको छ। १७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ९२ करोड ४४ लाख रूपैयाँको मात्र कारोबार भएको छ। १९६ कम्पनीको सेयर मूल्य घटेको छ। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्। प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। 


प्रकाशित : मंगलबार, साउन १६ २०८००९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend