आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार १२६ अंकले घटेपछि सेयर बजारमा सामान्य वृद्धि

सोमबार, साउन १५ २०८०
लगातार १२६ अंकले घटेपछि सेयर बजारमा सामान्य वृद्धि

सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुग्दा एक अर्ब ८५ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- मौद्रिक नीति सार्वजनिक भएयता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार सामान्य वृद्धि देखिएको छ। 

सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुग्दा एक अर्ब ८५ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ। एक सय ११ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रह्यो।

उतारचढावमा रहँदै वृद्धितर्फ बढ्न थालेको सेयर बजार मौद्रिक नीतिपछि लगातार १२६.८१ अंकले घटेको छ। यो साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेर बजार २१००.३४ बिन्दुमा झरेको थियो।

गएको साता आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा लगानीकर्ता उत्साहित हुँदै बजार उचालिएको थियो। आइतबार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा उक्लिएको बजार सोमबार २६.६६ अंकले घटेको थियो। मंगलबार ३६.१९, बुधबार ८.११ अंकले घटेको बजार बिहीबार पनि २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा झरेको थियो। 

मौद्रिक नीतिमार्फत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताहरू अहिले सन्तुष्ट हुन सकेका छैनन्। केही सीमितको चलखेलमा रहने बजार अझै केही समय उतारचढावमा नै रहने देखिएको छ।

सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणासहित मौद्रिक नीति सार्वजनिक गरेसँगै उचालिएको बजार अहिले कमजोर बनिरहेको छ। ५० लाखको सेयर धितो कर्जा सीमासम्म मात्रै १०० प्रतिशतको जोखिम भार कायम गरेर ठूला ऋणीलाई १५० प्रतिशत नै जोखिम भार राखिएको विषयले संगठित लगानीकर्ताहरू बेखुसी छन्। 


प्रकाशित : सोमबार, साउन १५ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend