शुक्रबार, असोज ४ गते २०८१    
images
images

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २६ २०७८
images
images
जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

पूर्वी तथा उत्तरी भेग कोल्टी-मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर १८ रुपैयाँका दरले ७५० रुपैयाँ भाडा तोकिएको हो।

images
images

मार्तडी- बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ। जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

images
images
images

यहाँका साँफे-मार्तडी राजमार्ग, मार्तडी-कोल्टी, कोल्टी-कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्काे भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।

यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी-मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर १८ रुपैयाँका दरले ७५० रुपैयाँ भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिएका छन्। 

उनका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर रु १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ।

images

साँफे-मार्तडी-कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन/पेट्रोल/डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उनले बताए। प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताए।

यस्तै डिजेल/पेट्रोलमा पनि तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाजुराले पटक-पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोके पनि जीप व्यवसायीले यात्रुबाट चर्काे भाडा लिन छाडेका छैनन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend