काठमाडौं- साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। बिहीबार तोलामा १३ सय रुपैयाँले बढेको सुनको शुक्रबार पनि ४ सय रुपैयाँ बढेको छ।
बिहीबार ९४ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १२ सय ७० रुपैयाँ कायम भएको थियो।
शुक्रबार चाँदीका लागि चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।