शुक्रबार, असोज ४ गते २०८१    
images
images

एमालेले पार्टी सदस्यबाट ७ करोड ८९ लाखभन्दा बढी उठाउने निश्चित

images
बिहीबार , कात्तिक २५ २०७८
images
images
एमालेले पार्टी सदस्यबाट ७ करोड ८९ लाखभन्दा बढी उठाउने निश्चित

एमालेको पार्टी सदस्यतामा ५ लाख ९९ हजार ६ सय २४ जना पुरुष र १ लाख ८८ हजार ९ सय ९६ जना महिला रहेका छन्।

images
images

काठमाडौं- नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या ७ लाख ८९ हजार ६ सय २० जना पुगेको छ। जसमार्फत महाधिवेशनका लागि प्रति सदस्य कम्तिमा एक सय रुपैयाँ उठाउँदा एमालेले अधिवेशनका लागि ७ करोड ८९ लाख ६२ हजार रुपैयाँ जम्मा गर्ने भएको छ।  

images
images
images

दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता ७ लाख ८९ हजार ६ सय २० जना पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। जसमा ५ लाख ९९ हजार ६ सय २४ जना पुरुष र १ लाख ८८ हजार ९ सय ९६ जना महिला रहेका छन्।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको थियो। सदस्यहरूले एक सय रुपैयाँभन्दा बढी खातामा जम्मा गरिदिने हुँदा उठ्ने रकम अझ बढ्ने देखिन्छ। 

एमालेको नवौँ महाधिवेशनमा ५ लाख ९१ हजार सङ्गठित सदस्य रहेका थिए। पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले १ लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ।

images

एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ। महाधिवेशनमा २०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन्। एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ। महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन्। 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend