शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

विदेशमा रहेका लाखौँ नेपालीलाई दोस्रो बजारमा लगानीको बाटो खुल्दै, यसैवर्षदेखि लगानी गर्न पाउने

images
बिहीबार , साउन ११ २०८०
images
images
विदेशमा रहेका लाखौँ नेपालीलाई दोस्रो बजारमा लगानीको बाटो खुल्दै, यसैवर्षदेखि लगानी गर्न पाउने
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा भित्र्याउनेगरी अन्तिम तयारी सुरु गरेको छ। जसका लागि अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं उक्त समितिका सदस्य मुक्तिनाथ श्रेष्ठले प्रतिवेदन तयार पारी बोर्ड अध्यक्षलाई पेश गरेका हुन्। 

images
images

‘विदेशमा रहेका नेपालीलाई नेपालको दोस्रो बजारमा ल्याउनका लागि प्रक्रिया सुरु गरेका हौँ,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष रमेश हमालले भने। नेपालमा लिक्वीडिटीको समस्या पनि समाधान हुने र नयाँ कम्पनीलाई स्रोत जुटाउन पनि सजिलो हुने अपेक्षका साथ प्रक्रिया थालेको अध्यक्ष हमाल बताउँछन्। प्रतिवेदन प्राप्त भएको र अब थप छलफलपछि टुंगोमा पुग्ने अध्यक्ष हमालले बताए।

images
images

बोर्डका अनुसार प्रक्रिया सम्पन्न गरेर चालु आर्थिक वर्षभित्रै लगानी गर्न दिने तयारी रहेको छ। नेपाल धितोपत्र बोर्डले २०७९ चैत्र १९ गते धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो।

images
images
images

अहिले नै दोस्रो बजारमा १५ लाख भन्दा बढी लगानीकर्ता सक्रिया छन् भने ६० लाख हाराहारी डिम्याट खाता रहेको छ। विदेशमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक नभए पनि ६० लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयन्त्र ९० देशमा फैलिएको छ। सरकारले नेपालीलाई रोजगारीका लागि ११० देश खुला गरेपनि हाल १०७ देशमा ४३ लाखभन्दा धेरै नेपालीले श्रम स्वीकृति नै लिएको तथ्याकंले देखाउँछ। 

यी सबै देशमा पुगेका नेपाली रोजगारीमा मात्र छैनन्, आफ्नो व्यवसाय गरेर समृद्धि हासिल गरिरहेका छन्। उनीहरूलाई दोस्रो बजारमा लगानी गर्ने अनुमति दिन सकेमा ठूलो पैसा नेपाल भित्रिने अनुमान गरिएको छ। 

धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका थिए। उक्त समितिले ३ महिनाको समय पाएको थियो।

समितिले गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्ने, उक्त नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्ने कार्यादेश पाएको थियो।


प्रकाशित : बिहीबार , साउन ११ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend