शनिबार, मंसिर ८ गते २०८१    
images
images

सेनाले साढे १ अर्ब रुपैयाँको हेलिकप्टर पार्टपुर्जा खरिद गर्दै

images
बुधबार, साउन १० २०८०
images
images
सेनाले साढे १ अर्ब रुपैयाँको हेलिकप्टर पार्टपुर्जा खरिद गर्दै
images
images

काठमाडौं- नेपाली सेनाले सञ्चालन गर्दै आएको हेलिकप्टरका लागि साढे १ अर्बको पार्टपुर्जा खरिद हुने भएको छ। सेना अन्तर्गतको मिड एयर बेस, आर्मी एयर सर्भिर टीआईए गौचरले १ अर्ब ४९ करोड ४५ लाख २ हजार ७ सय ९४ रुपैयाँ न्यूनतम रकम राख्दै हेलिकप्टर पार्टपुर्जा खरिदका लागि टेन्डर गरेको हो।

images
images
images

सेनाले ग्रुप ए अन्तर्गत एभ्रो एयरक्राफ्टको पार्टपुर्जाको न्यूनतम मूल्य २७ करोड ३१ लाख १६ हजार ७ सय ६५ रुपैयाँ राखेर टेन्डर गरेको छ।

images

यसैगरी ग्रुप बी अन्तर्गत एलुएट हेलिकप्टरका पार्टपुर्जा खरिदका लागि न्यूनतम मूल्य ८१ करोड ७६ लाख ८६ हजार २ सय ९४ रुपैयाँ र ग्रुप सी अन्तर्गत लान्सर हेलिकप्टरको लागि ४० करोड ३६ लाख ९९ हजार ७ सय ३४ रुपैयाँ न्यूनतम मूल्य राखेर टेन्डर गरेको छ।

images


प्रकाशित : बुधबार, साउन १० २०८००३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend