आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

फेरि २१ सय बिन्दुमा ओर्लियो सेयर बजार, ३६ अंकले घट्दा झन्डै तीन अर्बको कारोबार 

मंगलबार, साउन ९ २०८०
फेरि २१ सय बिन्दुमा ओर्लियो सेयर बजार, ३६ अंकले घट्दा झन्डै तीन अर्बको कारोबार 

मंगलबार ३६.१९ अंकले घटेर बजार २१६४.३१ बिन्दुमा झरेको छ। ३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा दुई अर्ब ९१ करोड ७ लाख ३२ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साता दुई कारोबारमा २२ सय बिन्दु वरपर रहेको सेयर बजार मंगलबार २१ सयको बिन्दुमा ओर्लिएको छ। 

मंगलबार ३६.१९ अंकले घटेर बजार २१६४.३१ बिन्दुमा झरेको हो। ३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा दुई अर्ब ९१ करोड ७ लाख ३२ हजार रूपैयाँको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको भने स्थिर रह्यो।

आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा बढेको सेयर बजार सोमबार दोहोरो अंकले घटेको थियो। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागिरहेको सेयर बजार वृद्धितर्फ उक्लने अपेक्षा गरिए पनि यसले खासै उत्साह ल्याउन नसक्दा मंगलबार पनि बजार ओरालै लागेको हो। मंगलबार कारोबार रकम समेत घटेको छ।

आइतबार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा उक्लिएको बजार सोमबार २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा झरेको थियो। सोमबार बजारमा चार अर्ब ७३ करोड ७६ लाख ८ हजार रूपैयाँको कारोबार भएको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। मौद्रिक नीतिको साथको अपेक्षामा रहेका लगानीकर्ताहरुले नीतिगत साथ मिले अब बजार पुन: उचाइतर्फ लाग्ने बताउँदै आएका थिए। तर मौद्रिक नीति आएपछि पनि सेयर बजारमा सुधार हुन सकेन।


प्रकाशित : मंगलबार, साउन ९ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend