आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मौद्रिक नीतिले सेयर बजारमा ल्याएन उत्साह, ह्वात्तै बढेको भोलिपल्टै २६ अंकले घट्यो बजार

सोमबार, साउन ८ २०८०
मौद्रिक नीतिले सेयर बजारमा ल्याएन उत्साह, ह्वात्तै बढेको भोलिपल्टै २६ अंकले घट्यो बजार

सोमबार २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा ओर्लिएको छ। ५० कम्पनीको सेयर मूल्य बढेको बजारमा चार अर्ब ७३ करोड ७६ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा ह्वात्तै बढेको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागिरहेको सेयर बजार वृद्धितर्फ उक्लने अपेक्षा गरिए पनि  यसले खासै उत्साह ल्याउन नसक्दा सोमबार पनि बजार ओरालै लागेको हो।

आइतबार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा उक्लिएको बजार सोमबार २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा ओर्लिएको छ। ५० कम्पनीको सेयर मूल्य बढेको बजारमा चार अर्ब ७३ करोड ७६ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार एक सय ६३ कम्पनीको सेयर मूल्य घट्दा ६ वटा कम्पनीको भने स्थिर रह्यो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। मौद्रिक नीतिको साथको अपेक्षामा रहेका लगानीकर्ताहरुले नीतिगत साथ मिले अब बजार पुन: उचाइतर्फ लाग्ने बताउँदै आएका थिए। तर मौद्रिक नीति आएपछि पनि सेयर बजारमा सुधार हुन सकेन। 


प्रकाशित : सोमबार, साउन ८ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend