आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नीतिगत दरको कटौतीले बैंकहरूलाई ब्याजदर घटाउने राष्ट्र बैंकको संकेत

आइतबार, साउन ७ २०८०
नीतिगत दरको कटौतीले बैंकहरूलाई ब्याजदर घटाउने राष्ट्र बैंकको संकेत

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरमा कटौती गरेको छ। अस्थिर बन्दै गएको ब्याजदर नीतिमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले नीतिगत दरमार्फत सुधारको संकेत गरेको छ। 

नीतिगत दरलाई ०.५ प्रतिशत घटाएर ६.५ प्रतिशतमा झारेको छ। योसँगै बैंकहरूलाई राष्ट्र बैंकले ब्याजदर घटाउने संकेत गरेको छ। राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत बिन्दुले घटाएको छ। ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरूले अब ४.५ प्रतिशतसम्म लगाउन पाउने छन्। राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतमा कायम राखेको छ।

राष्ट्र बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गर्ने भएको छ। साथै बैंक दरमा स्थायी तरलता सुविधा, नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई भने यथावत राखेको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : आइतबार, साउन ७ २०८००८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend