आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

विशिष्टिकृत नियामक निकाय खडा गरेर सहकारीको नियमन राष्ट्र बैंकले गर्ने

आइतबार, साउन ७ २०८०
विशिष्टिकृत नियामक निकाय खडा गरेर सहकारीको नियमन राष्ट्र बैंकले गर्ने

सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनामा जोड दिइने भएको छ। 

काठमाडौं- सहकारी समस्याग्रस्त हुन थालेपछि अब राष्ट्र बैंकले नियमन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीति २०८०/८१ मा बचत तथा ऋण सहकारीलाई विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने उल्लेख गरेको छ।

एकपछि अर्को सहकारी समस्याग्रस्त हुन थालेपछि सरकारले राष्ट्र बैंकलाई नियमनको जिम्मा दिन पटकपटक प्रयास जारी राखेको छ। राष्ट्र बैंकले जनशक्ति अभाव भएको भन्दै पन्छँदै आएको थियो। तर अब भने सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनामा जोड दिने भएको छ। 


प्रकाशित : आइतबार, साउन ७ २०८००८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend