आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर कारोबार चलिरहँदा मौद्रिक नीति सार्वजनिक हुँदा उचालियो बजार, कर्जाको जोखिम भार पुनरावलोकन गरिँदै

आइतबार, साउन ७ २०८०
सेयर कारोबार चलिरहँदा मौद्रिक नीति सार्वजनिक हुँदा उचालियो बजार, कर्जाको जोखिम भार पुनरावलोकन गरिँदै

काठमाडौं- सेयर बजारको कारोबार चलिरहँदा नेपाल राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणासहित मौद्रिक नीति सार्वजनिक गरिदिँदा बजार एकाएक उचालिएको छ। 

आइतबार दिउँसो १ बजेर २० मिनेटसम्म धरमर गरिरहेको बजार मौद्रिक नीति सार्वजनिक भएसँगै दिउँसो २ बजेसम्ममा नै ६३ अंकले बढिसकेको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि सेयर धितोमा जाने कर्जा, घर जग्गा तथा हायर पर्चेजमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको हो। मौद्रिक नीतिमा घर जग्गा र सेयर बजारको विषयलाई प्राथमिकताका साथ हेरिँदै आइएको थियो। यी क्षेत्रमा १५० प्रतिशतको जोखिम भार १०० प्रतिशत ल्याउन तीव्र लबिङ भएको थियो। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ तर्जुमा गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा कर्जा, घर जग्गा तथा हायर पर्चेजमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको हो।


प्रकाशित : आइतबार, साउन ७ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend