आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

विदेश भ्रमणमा जानेका लागि डलर सटहीमा उदार बन्यो राष्ट्र बैंक, अब २५ सय डलरसम्म साट्न पाइने

आइतबार, साउन ७ २०८०
विदेश भ्रमणमा जानेका लागि डलर सटहीमा उदार बन्यो राष्ट्र बैंक, अब २५ सय डलरसम्म साट्न पाइने

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जानेले पाउने विदेशी मुद्रा सटही सुविधा केही सहज बनाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै अमेरिकी डलर सटहीवापत पाउने रकमको सीमा बढाएको हो।

यसअघि भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध गराइने व्यवस्था थियो। यसलाई परिमार्जन गर्दै राष्ट्र बैंकले २५ सय अमेरिकी डलरसम्म उपलब्ध गराइने व्यवस्था मौद्रिक नीतिमार्फत गरेको हो। 


प्रकाशित : आइतबार, साउन ७ २०८००८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend