आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने राष्ट्र बैंकको घोषणा

आइतबार, साउन ७ २०८०
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने राष्ट्र बैंकको घोषणा

व्यवसायीहरुले कठिन अवस्थामा राष्ट्र बैंकले कसिलो नीति ल्याएको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकल चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत यस्तो घोषणा गरेको हो।

व्यवसायीहरुले कठिन अवस्थामा राष्ट्र बैंकले कसिलो नीति ल्याएको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने बताएको छ। व्यवसायीले चालु पुँजी कर्जा मार्गदर्शन स्थगन वा संशोधनको माग गर्दै आएका थिए। 

व्यवसायीहरुको उक्त मागलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुझावका आधारमा पुनरावलोकन गर्ने घोषणा गरेको हो।  


प्रकाशित : आइतबार, साउन ७ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend