आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आवासीय घर किन्नेलाई पहिलोपटक दुई करोड रूपैयाँसम्म कर्जा

आइतबार, साउन ७ २०८०
आवासीय घर किन्नेलाई पहिलोपटक दुई करोड रूपैयाँसम्म कर्जा

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत त्यस्तो कर्जाको सीमा बढाएको हो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले पहिलो पटक आवासीय घर किन्नेलाई दिइने कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत त्यस्तो कर्जाको सीमा बढाएको हो। 

गत आर्थिक वर्षमा पहिलो पटक आवासीय घर किन्नेलाई १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सुविधा दिइने व्यवस्था थियो। चालु आर्थिक वर्षमा भने आवासीय घर किन्नेले दुई करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ तर्जुमा गरिएको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। 


प्रकाशित : आइतबार, साउन ७ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend