काठमाडौं- बिहीबार एकै दिन सुनको मूल्य तोलामाा १३ सय रुपैयाँले बढेको छ। बुधबार नेपाली बजारमा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि १३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै ३ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य बिहीबार भने बढेको छ। बुधबार १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा २० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।