आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई दियो सेयर कारोबारको अनुमति

शुक्रबार, साउन ५ २०८०
धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई दियो सेयर कारोबारको अनुमति

काठमाडौ- नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई धितोपत्र सदस्यको अनुमतिपत्र दिएको छ। बोर्डले आशयपत्र दिएपछि कारोबार गर्नेसम्बन्धी पूर्वाधार तयार पारेका उक्त कम्पनीलाई लाइसेन्स दिएको हो।

लाइसेन्स प्राप्तगर्ने ब्रोकर कम्पनीहरूमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रलि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एस्पी.बि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक एक्स कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज,ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन्।

योभन्दा पहिले बोर्डले नयाँ ७ वटा ब्रोकरलाई लाइसेन्स दिएको थियो। पहिलो चरणमा लाइसेन्स पाउनेमध्यमा हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका थिए। ती ब्रोकर कम्पनीहरूले औपचारिक रुपमा सेयर कारोबार सुरु गरिसकेका छन्।

362285580_10230827304009990_549702512533258304_n.jpg


प्रकाशित : शुक्रबार, साउन ५ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend