आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एनआईसी एसिया बैंक २६ वर्षमा, बैंकिङ सेवा सुविधा थप गर्दै बढ्ने अठोट

शुक्रबार, साउन ५ २०८०
एनआईसी एसिया बैंक २६ वर्षमा, बैंकिङ सेवा सुविधा थप गर्दै बढ्ने अठोट

काठमाडौं- एनआईसी एसिया बैंक २६ वर्षमा पुगेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने विश्वाससहित अघि बढिरहेको बैंकले आगामी दिनमा पनि बैंकिङ सेवा सुविधा थप गर्दै जाने अठोट व्यक्त गरेको छ। 

२६ वर्षअघि सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ बैंक स्थापना भएको थियो।

‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औँ वार्षिकोत्सव मनाउन गइरहेका छौ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

'नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय ग्राहकलाई नै जान्छ। आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौँ' विज्ञप्तीमा भनिएको छ। 


प्रकाशित : शुक्रबार, साउन ५ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend