आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दुई दिनमै बैंकिङ प्रणालीबाट झिकियो १ खर्ब ९ अर्ब निक्षेप

बिहीबार , साउन ४ २०८०
दुई दिनमै बैंकिङ प्रणालीबाट झिकियो १ खर्ब ९ अर्ब निक्षेप

काठमाडौं- चालु आर्थिक वर्षको दुई दिनमै बैंकहरूबाट १ खर्ब ९ अर्ब निक्षेप झिकिएको छ। गत असार ३१ गतेसम्म वित्तीय संस्थाहरूको निक्षेप ५७ खर्ब ६७ अर्ब पुगेको थियो। तर साउन १ र २ गतेभित्रै वित्तीय प्रणालीबाट १ खर्ब ९ अर्ब रुपैयाँ घटेर ५६ खर्ब ५८ अर्बमा झरेको छ।

निक्षेप ठूलो मात्रमा निकालेको भएपनि ऋण लगानी दुई दिनमा १२ अर्बले घटेको देखिन्छ। असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रुपैयाँ ऋण लगानी रहेकोमा घटेर अहिले ४८ खर्ब ६७ अर्बमा आइपुगेको छ। 

गत असार ३१ सम्म सीडी रेसियो घटेर ८१.६१ प्रतिशतमा रहेकोमा अहिले दुई दिनमै बढेर ८२.९९ प्रतिशत पुगेको छ। यता अन्तरबैंक ब्याजदर असार ३१ सम्म ०.४४ प्रतिशत रहेकोमा बढेर ६.५१ प्रतिशत पुगेको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend