शुक्रबार, असोज ४ गते २०८१    
images
images

दोधारा चाँदनीमा बन्ने सुक्खाबन्दरगाहको ‘ईआईए’ हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २४ २०७८
images
images
दोधारा चाँदनीमा बन्ने सुक्खाबन्दरगाहको ‘ईआईए’ हुँदै

'सुक्खाबन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ।'

images
images

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनीमा स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएको छ।

images
images
images

दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खाबन्दरगाहको कागजी कामसमेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

'केही समयअघि मात्रै ईआईएका लागि फिल्डमा काम थालेका थियौँ', निर्देशक गजुरेलले भने, 'सुक्खाबन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ।' उनले ईआईए स्वीकृतिपछि अन्य काम थालिने बताए।

विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो। यहाँ स्थापना हुने सुक्खाबन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ।

images

तीन वर्ष दश महिनाभित्र सुक्खाबन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ। दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए। सुक्खाबन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन्।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सुक्खाबन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले दशक अघिदेखि सुक्खाबन्दरगाह निर्माणको तखबर रहे पनि सुरु हुन ढिलाइ भइरहेको बताए। 'सुक्खाबन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ' अध्यक्ष मल्लले भने, 'सुक्खाबन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ।' रासस


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend