शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नीतिगत साथ मिल्ने आशले सेयर बजारमा निरन्तर हरियाली, ३ अर्ब ३४ करोडको कारोबार

images
बुधबार, साउन ३ २०८०
images
नीतिगत साथ मिल्ने आशले सेयर बजारमा निरन्तर हरियाली, ३ अर्ब ३४ करोडको कारोबार
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर बजारका लगानीकर्ताहरू नीतिगत साथ पाउने अपेक्षामा देखिएका छन्। जसले सेयर बजारमा लगातार हरियाली छाइरहेको छ। उतारचढावमा रहँदै धरमर गरिएको बजारमा यो साता निरन्तर वृद्धि देखिएको छ।

images
images
images

बुधबार ११.१७ अंकले बढेर बजार २१६५.२४ बिन्दुमा पुगेको छ। ७३ क‍म्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ३४ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ। बुधबार १३१ कम्पनीको सेयर मूल्य घटेको छ।  

images
images

यो साता आइतबार ‍‍१२.१६ अंकले बढेको बजारमा सोमबारसमेत व्यापक वृद्धि देखिएको थियो। सोमबार ४७.०७ अंकले बढेको बजारमा मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको थियो।

images
images

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। सेयर बजारमा जाने ऋणलाई खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढिरहेको छ। सेयर बजारले अन्य वित्तीय अवस्थामा समेत असर पारिरहेको आँकलन गर्दै राष्ट्र बैंकले केही खुकुलो नीति लिने अपेक्षा संगठित लगानीकर्ताहरूको रहेको छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। नीतिगत साथ मिले अब बजार पुन: उचाइतर्फ लाग्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, साउन ३ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend