आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

असारमा मात्रै १ खर्ब ९८ अर्ब निक्षेप बैंकिङ प्रणालीमा, कर्जा प्रवाह २५ अर्बमात्रै

बुधबार, साउन ३ २०८०
असारमा मात्रै १ खर्ब ९८ अर्ब निक्षेप बैंकिङ प्रणालीमा, कर्जा प्रवाह २५ अर्बमात्रै

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन वित्तीय प्रणालीमा २७ अर्ब निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार असार महिनामा १ खर्ब ९८ अर्ब निक्षेप थपिएको छ। जेठ मसान्तसम्म ५५ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असार ३१ सम्म बढेर ५७ खर्ब ६७ अर्ब पुगेको छ। 

असार १ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। अहिले कर्जा २५ अर्बले मात्रै बढेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको हो।

यता सीडी रेसियो घटेर ८१.६१ प्रतिशतमा आएको छ भने अन्तरबैंक ब्याजदर ०.४४ प्रतिशतमा आएको छ। 


प्रकाशित : बुधबार, साउन ३ २०८००५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend