मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एकैदिन राष्ट्रिय वाणिज्य बैंककाे ११ शाखा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १ २०८०
एकैदिन राष्ट्रिय वाणिज्य बैंककाे ११ शाखा विस्तार

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ।

सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजारमा शाखा विस्तार भएका छन्।

यस्तै, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालीकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्गमा कारोबार सुरु भएको छ। यसपश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआर कोड सेवा, पीओएस, क्रेडिड र डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर -बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी माबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।


प्रकाशित : सोमबार, साउन १ २०८०११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend