काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेको दुई वाइडबडी र दुई न्यारोबडी खरिद गर्न लिएको ऋणको असार महिनाको किस्ता भुक्तानी गरेको छ।
निगमले असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार दुईसय ८१ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको हो।
निगमले यसअघि २०७९ को असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो।