मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंक तथा वित्तीय संस्थाले आश्वा नवीकरण नगर्दा मारमा लगानीकर्ता

सोमबार, साउन १ २०८०
बैंक तथा वित्तीय संस्थाले आश्वा नवीकरण नगर्दा मारमा लगानीकर्ता

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले आश्वा नवीकरण नगर्दा सेयर लगानीकर्ता मारमा परेका छन्। एक महिनाअगाडि नै आश्वा सदस्यता नवीकरण गर्नुपर्नेमा बैंक तथा वित्तीय संस्थाले नवीकरण नगर्दा समस्या आएको हो।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म २४ बैंक तथा वित्तीय संस्थाले मात्रै आश्वा सदस्यता नवीकरण गरेका छन्। बाँकीले आश्वा सदस्यको काम गर्नको लागि नवीकरण गरेका छैनन्। नेपाल धितोपत्र बोर्डमा आश्वा सदस्यको काम गर्ने भन्दै ५० बैंक तथा वित्तीय संस्थाले अनुमति लिएका छन्। 

५० बैंक तथा वित्तीय संस्थामध्ये केहीको मर्जरका कारण समस्या आएको हो। बैंक तथा वित्तीय संस्थाले नै नवीकरण नगर्दा प्राथमिक सेयर भर्न लगानीकर्तालाई असुविधा भएको छ। शुल्क तिरेर पुन: नवीकरण गर्नसक्ने भएपनि अहिलेसम्म गरेका छैनन्। सदस्यहरूले वार्षिक रुपमा २५ हजार रुपैयाँ तिरे पुग्छ। 

mer.JPG


प्रकाशित : सोमबार, साउन १ २०८००९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend