काठमाडौं- सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबारको सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। सोमबार तथा मंगलबार १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।