मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

साताको पहिलो कारोबारमा दोहोरो अंकले बढ्यो सेयर बजार, साढे दुई अर्ब बढीको कारोबार

आइतबार, असार ३१ २०८०
साताको पहिलो कारोबारमा दोहोरो अंकले बढ्यो सेयर बजार, साढे दुई अर्ब बढीको कारोबार

आइतबार ‍‍१२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बजार पुग्दा दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- गतासाता उतारचढापूर्ण रहेको सेयर बजार यो साताको पहिलो कारोबारमा सुधारोन्मुख देखिएको छ। 

आइतबार ‍‍१२.१६ अंकले बढेर बजार २०९७.०९ बिन्दुमा पुगेको छ। ९३ कम्पनीको सेयर मूल्य बढेको बजारमा दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको छ। आज ११७ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रह्यो।

गत साता दुई कारोबारमा मात्रै बढेको बजारमा ३५.५४ अंकको वृद्धि भएको थियो। गत साता आइतबार उल्लेख्य वृद्धि देखिएको सेयर बजारमा त्यसपछिका दुई कारोबार लगानीकर्ताको अपेक्षाअनुसार हुन सकेको थिएन। गत साताको आइतबारको वृद्धिपछि स्थिरजस्तो बनेको बजारमा बुधबार वृद्धि देखिएको थियो तर बिहीबार पुन: बजार घट्यो।

आइतबार २८.३८ अंकले बढेर सोमबार ०.८० अंकले घटेको बजार मंगलबार पनि ४.७३ अंकले घटेर बन्द भएको थियो। बुधबार २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा पुगेको बजार बिहीबार १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा झर्यो। यो साताको पहिलो कारोबारमा पनि अपेक्षाकृत रुपमा बजार बढ्न सकेन।

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा छ। केही कारोबारमा देखिएको वृद्धिले सुधारको स्थायी आधार भेट्न सकेको छैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुनस् उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, असार ३१ २०८००९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend