शुक्रबार, असोज ४ गते २०८१    
images
images

चिनियाँ सहयोगमा कास्कीका चार विद्यालयमा निःशुल्क इन्टरनेट

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २४ २०७८
images
images
चिनियाँ सहयोगमा कास्कीका चार विद्यालयमा निःशुल्क इन्टरनेट

यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको उनले जानकारी दिए। पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल  २० लाख लगानी भएको उनले जानकारी दिए। 

images
images

कास्की-नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ। चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच  विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण , जनचेतन र पोखरा–३३ को शिशु कल्याण  माध्यमिक विद्याललाई इन्टरनेट जडानका सहयोग गराइने छ ।  ।

images
images
images

सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन्। सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रस्तावमा चिनियाँ दूतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो । सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् ।

यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको उनले जानकारी दिए। पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल  २० लाख लगानी भएको उनले जानकारी दिए। 

कार्यक्रममा राजदूत यान्छीले नेपालको शिक्षा विकासमा सघाउन चीन सदैव तत्पर रहेको बताए। कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा धेरै विद्यार्थी प्रभावित बनेको जनाउँदै उनले ज्ञान, शिक्षा र दूरशिक्षाका लागि इन्टरनेटट अत्यावश्यक रहेकाले सहयोग गरिएको बताइन्। विद्यालयमा इन्टरनेट अभावमा अनलाइन कक्षा सञ्चालन हुन नसक्ने भएकाले दूतावासले नेपालका धेरै विद्यालयमा सहयोग गरेको उनले जानकारी दिइन्। 

images

'नेपाल र चीन नदी र पहाडले जोडिएका छिमेकी हुन्, दुःख र सुखमा सँगै हिँडेका असल मित्र हुन्', राजदूत यान्छीले भनिन्,'कोभिड महामारीको सुरुआतमा नेपालले चीनलाई गरेको सहयोगप्रति चीन सदैव आभारी छ । नेपालमा महामारी गम्भीर भएपछि मेडिकल उपकरणलगायतमा चीनले मद्दत गरेको हो।'

गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेकाले चीन सरकारको सहयोग आवश्यक रहेको बताए। 

गण्डकी प्रदेशको कला, संस्कृति र चीनको संस्कृति मिल्दोजुल्दो रहेकाले प्रदेश सरकारले नजिकको सम्बन्ध बनाउन चाहेको उनको भनाइ छ ।  रासस


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend