शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बैंकहरूले अपेक्षा गरेअनुसार घटाएनन् निक्षेपको ब्याज, केहीले घटाउँदा केहीले बढाए, कुनको कति?

images
आइतबार, असार ३१ २०८०
images
बैंकहरूले अपेक्षा गरेअनुसार घटाएनन् निक्षेपको ब्याज, केहीले घटाउँदा केहीले बढाए, कुनको कति?
images
images

काठमाडौं- निक्षेपको ब्याजदर उल्लेख्य रुपमा घट्ने अनुमानविपरित केही वाणिज्य बैंकले बढाएका छन् भने केहीले सामान्य घटाएर सार्वजनिक गरेका छन्। नेपाल बैंकर्स संघको कार्टेलिङ तोडिएपछि सबै बैंकहरूले आफ्नै भिन्न ब्याजदर सार्वजनिक गरेका छन्।

images
images
images

आइतबार सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरूले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कतिपयले असारको भन्दा बढी दिनेगरी सार्वजनिक गरेका छन्। निक्षेप थुप्रिएपनि बैंकहरूले साउनमा निक्षेप तान्ने उद्देश्यले ब्याजदरमा ठूलो हेरफेर नगरी सार्वजनिक गरेका छन्। 

images
images

मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन्। जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

images
images

साउन १ देखि लागु हुने दरमा नबिल बैंकले यसअघि दिँदै आएको निक्षेपको ब्याज झनै बढाएको छ। बैंकको मुद्दती निक्षेपको ब्याजदर समान ९.९९ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार १० प्रतिशतसम्मले घटाउन वा बढाउन सकिन्छ। नबिलले मुद्दतीको अधिकतम ब्याज १०.४९ प्रतिशत पुर्‍याएको छ।

एनएमबि बैंकले पनि मुद्दतीमा ब्याजदर बढाएर सार्वजनिक गरेको छ। कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने छ। बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ। 

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत, सानिमाले ९.५२ प्रतिशत र ७.५२ प्रतिशत तथा कुमारी बैंक र कृषि विकास बैंकले ९.५१ प्रतिशत र ७.५१ प्रतिशत तथा प्रभु बैंकले ९.५ प्रतिशत र ७.५ प्रतिशत कायम गरेको छ। 

साउनको ब्याजदर सार्वजनिक गरेका केही राष्ट्रियस्तरका विकास बैंकहरूले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १०.१० प्रतिशत कायम गरेका छन्।असारमा राष्ट्रियस्तरका विकास बैंकहरूले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याज दिएका थिए।

एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रेले ९, एभरेष्टले ९, स्ट्यान्डर्ड चार्टर्डले ९.९५ प्रतिशत, सिद्धार्थ ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत रहेको छ। हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्। 


प्रकाशित : आइतबार, असार ३१ २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend