शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

फर्जी आवेदनको विवादले अब आईपीओमै रियल टाइम भेरिफाइ, कसरी हुन्छ?

images
शनिबार, असार ३० २०८०
images
फर्जी आवेदनको विवादले अब आईपीओमै रियल टाइम भेरिफाइ, कसरी हुन्छ?
images
images

काठमाडौं- अब साधारण सेयर (आईपीओ) भर्दा पनि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले रियल टाइम सिस्टम लागु गर्ने भएको छ। पछिल्लो समय फर्जी आवेदनले विवाद बढेपछि सीडीएससीले रियल टाइम सिस्टम लागु गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

images
images
images

अहिलेसम्म ५७ लाख ४९ हजार ३ सय ७८ जनाले डिम्याट खाता खोलेका छन्। जसमा ३० लाखभन्दा बढी आवेदन पर्ने गरेको छ। सीडीएससीका अनुसार मेरो सेयरमा ४८ लाख २१ हजार ६ सय ६९ खाता खुलेको छ। १० अर्ब ५९ करोड २९ लाख कित्ता सेयर डिम्याटमा सूचीकृत रहेको छ। 

images
images

नयाँ सिस्टम लागु भएसँगै लगानीकर्ताको खातामा कित्ताअनुसार रकम नभएमा आवेदन परेको केही मिनेटमै अस्वीकृत हुनेछ। पछिल्लो समय घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयरमा खातामा रकम नै नभइ आवश्यकताभन्दा बढीको फर्जी आवेदन परेपछि यस्ता घटनालाई रोक्न सीडीएससी रियल टाइम सिष्टम लागु गर्ने भएको हो। 

images
images

रियल टाइम सिस्टम लागु गर्नका लागि सीडीएससीले धितोपत्रमा अनुमति माग गरिसकेको छ। परीक्षणको अन्तिम चरणमा रहेको सिस्टमलाई धितोपत्र बोर्डले अनुमति दिएसँगै लागु गर्ने तयारी सीडीएससीले गरेको छ।  

हाल लगानीकर्ताहरूले आवेदन दिएपछि बैंकले एकसातासम्म भेरीफाइडको समय लगाउने गर्दछन। रियल टाइम लागु भएपछि केही समयमै भेरीफाइड हुनेछ। सीडीएससीका अनुसार उनीहरूकोे सिस्टम र बैंकको सिस्टममा त्यो कनेक्ट हुन्छ।  

एप्लिकेसनअनुसार यसले बैंकलाई रियल टाइममा डेटा पठाउँछ। त्यसपछि भेरिफाइ पनि छिटो हुन्छ। यसले फर्जी आवेदनदेखि लगानीकर्ताको उद्देश्यलाई देखाउँछ र कम्पनीको सेयरमा बढीभन्दा बढी आवेदन देखाउँदैन।

यसैगरी आईपीओ रकम निर्धारणको विषयमा समेत अध्ययन तथा  स्वीकृतिका लागि अतिरिक्त भेरिफिकेसन लेयर थपिएको छ र अन्तिम मूल्यांकन भने धितोपत्र बोर्डबाट हुने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए। 


प्रकाशित : शनिबार, असार ३० २०८०००:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend