मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

ब्याजदरमा बैंकर्स संघको अघोषित कार्टेलिङ अन्त्य, बैंकहरू आफैले निर्धारण गर्ने 

बिहीबार , असार २८ २०८०
ब्याजदरमा बैंकर्स संघको अघोषित कार्टेलिङ अन्त्य, बैंकहरू आफैले निर्धारण गर्ने 

पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि यसको आलोचना गरेका थिए। 

काठमाडौं- सहमतिका नाममा बैंकर्स संघले एकैदरको ब्याजदर निर्धारण गर्दै आएकोमा अबदेखि रोकिने भएको छ। 

आज बसेको बैंकर्स संघको बैठकले ब्याजदरमा एकरुपताको नाममा सामूहिक निर्णय नगर्ने निर्णय गरेको हो। योसँगै अबदेखि बैंकहरू आफैले ब्याजदर निर्धारण गर्ने भएका छन्। 

बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेर सबैमा एउटै दर कायम हुँदा प्रतिस्पर्धा निस्तेज भएको र समग्र अर्थतन्त्र नै प्रभावित भएको भन्दै आलोचना भइरहेको थियो। पछिल्लो समय अर्थमन्त्री डा प्रकाशशरण महतले पनि यसको आलोचना गरेका थिए। 

 


प्रकाशित : बिहीबार , असार २८ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend