मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकिङ प्रणालीमा एकैदिन २३ अर्ब निक्षेप थपियो, अन्तरबैंक ब्याजदर ०.९० प्रतिशतमात्रै

बिहीबार , असार २८ २०८०
बैंकिङ प्रणालीमा एकैदिन २३ अर्ब निक्षेप थपियो, अन्तरबैंक ब्याजदर ०.९० प्रतिशतमात्रै

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा २३ अर्ब निक्षेप थपिएको छ। राष्ट्र बैंकका अनुसार गत मंगबलारसम्म ५७ खर्ब १३ अर्ब रहेको निक्षेप अहिले बढेर ५७ खर्ब ३६ अर्ब पुगेको छ। असार १८ गते ५६ खर्ब पुगेको निक्षेप १० दिनमै १ खर्ब ३७ अर्ब रूपैयाँ थपिएको हो। गत १८ गतेसम्म ५५ खर्ब ९९ अर्ब रहेको निक्षेप बढेर ५७ खर्ब ३७ अर्ब पुगेको हो।

यता ऋण लगानी ४८ खर्ब ५४ अर्बमा झरेको छ। १० दिन अगाडि ४८ खर्ब ६१ अर्ब रहेको ऋण लगानी १० दिनमा ७ अर्बले घटेको हो। सरकारी खर्च बढ्दै गएपछि वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो। वाणिज्य बैंकहरूको निक्षेप पनि ५० खर्ब ६५ अर्ब पुगेको छ भने ऋण लगानी ४२ खर्ब ९५ अर्ब पुगेको छ। 

चालु पुँजीकर्जासम्बन्धी मार्गदर्शन २०७९ कार्यान्वयनमा आएपछि ऋण तिर्न नै ऋण लिने परिपाटी अन्त्य भएसँगै निक्षेप थुप्रिएको अनुमान गरिएको छ। 

कर्जाको माग कम भइ निक्षेप बढ्दै जाँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ९ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ। अन्तरबैंक ब्याजदर ०.९० प्रतिशतमा झरेको छ।

चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा बैंकवित्तहरू कर्जा असुलीमा सक्रिय छन्। असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रियता बढाउँदा निक्षेप थुप्रिएको हो। चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलनमा व्यापक सुधार हुँदा कर्जा परिचालनमा भने सुस्तता देखिएको छ।


प्रकाशित : बिहीबार , असार २८ २०८००७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend