सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

२०२३ मै ४ हेलिकप्टर दुर्घटना, २ नेपाली र ५ विदेशीले गुमाए ज्यान

images
मंगलबार, असार २६ २०८०
images
२०२३ मै ४ हेलिकप्टर दुर्घटना, २ नेपाली र ५ विदेशीले गुमाए ज्यान
images
images

काठमाडौं- सन् २०२३ को ७ महिना नबित्दै नेपाली आकाशमा चारवटा हेलिकप्टर दुर्घटना भएको छ। चारमध्ये दुईवटा दुर्घटना मानवीय ज्यान जानेगरी भएको छ भने दुईवटामा मानवीय क्षति भएको थिएन।

images
images
images

अप्रिल ८ मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेष्ट्रिकको हेलिकप्टर दुर्घटना भएको थियो। हेलिकप्टरमा पाइलटमात्रै रहेका थिए। हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको थियो। बिरामी भएको ठाउँ भरतपुर जान डाक्टर लिन आएका बेला हेलिकप्टर दुर्घटना भएको थियो। अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो।

images
images

त्यसकै भोलिपल्ट अर्थात अप्रिल ९ मा हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना भएको थियो। अन्नपूर्ण बेस क्याम्पबाट धौलागिरि बेस क्याम्प जाँदै गरेको हेलिएभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको थियो। ९ एन-ए एनबी कलसाइनको हेलिकप्टर दुर्घटनामा परेको थियो। धौलागिरि बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको थियो। दुर्घटना हुँदा हेलिकप्टरमा पाइलट मात्रै थिए। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी थिइन्।

images
images

त्यसको एक महिना नबित्दै मे ५ मा सिम्रिक एयरको हिलिकोप्टर संखुवासभा भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा दुर्घटना भएको थियो। माथिल्लो अरुणको सामान बोकेको गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाले ज्यान गुमाएका थिए। 

त्यसपछि आज मंगलबार पुन: मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको हो। मनाङ एयरको हेलिकप्टर सोलुखुम्बको सुर्केबाट काठमाडौं आउँदै गर्दा सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको हो। दुर्घटनामा पाइलटसहित ६ जनाको नै निधन भएको हो। दुर्घटनामा ज्यान गुमाउने पाँचजना मेक्सिकन नागरिक रहेका छन्।


प्रकाशित : मंगलबार, असार २६ २०८०१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend