काठमाडौं- सोलुखुम्बुको लामजुरामा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ।
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना परेको हो। दुर्घटनामा पाँच मेक्सिकन नागरिक र पाइलट चेतबहादुर गुरुङको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु भएका सबैको शव पाेष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल ल्याइएको हो।