सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको शव भेटियो, एकजनाको अवस्था अज्ञात

images
मंगलबार, असार २६ २०८०
images
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको शव भेटियो, एकजनाको अवस्था अज्ञात
images
images

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा पाँचजनाको शव भेटिएको छ। एकजनाको अवस्था थाहा हुन सकेको छैन। 

images
images
images

सोलुखुम्बु लामजुरामा भएको हेलिकप्टर दुर्घटनामा अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। हेलिकप्टरमा क्याप्टेनसहित ६ जना यात्रु थिए। यात्रुहरू सबै मेक्सिकन नागरिक हुन्। 

images
images

प्रहरीसहित उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। लिखु पिके गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ङिमा छिरि लामाका अनुसार लामाजुरामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्दै स्थानीयले खबर गरेका थिए।

images
images


प्रकाशित : मंगलबार, असार २६ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend