बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

आईएमई लाइफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको सेयर माग

images
सोमबार, असार २५ २०८०
images
आईएमई लाइफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको सेयर माग

लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलोपटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो।

images
images

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्।

images
images
images

सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात् सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ। 

images
images

लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो। कम्पनीले १ सय ३६ रूपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रूपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा कुल ३ अर्ब ७४ करोड रूपैयाँ बराबरको आवेदन परेको हो। 

images
images

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ। यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको गरेको थियो।


प्रकाशित : सोमबार, असार २५ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend