मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एक दिनको वृद्धिपछि फेरि थामियो सेयर बजार

सोमबार, असार २५ २०८०
एक दिनको वृद्धिपछि फेरि थामियो सेयर बजार

सोमबार ०.८० अंकले घटेर बजार २०७६.९६ बिन्दुमा ओर्लिएको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तरको गिरावटबीच यो साताको पहिलो कारोबारमा उल्लेख्य बढेको सेयर बजार सोमबार पुनः उही बिन्दु वरपर थामिएको छ। आइतबार २८.३८ अंकले बढेको बजार सोमबार ०.८० अंकले घटेको हो। 

सोमबार ०.८० अंकले घटेर बजार २०७६.९६ बिन्दुमा ओर्लिएको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार ११२ कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता समग्रमा १०१.६१ अंकले घटेको बजारमा यो साता आइतबार उल्लेखनीय वृद्धि देखिए पनि सोमबार भने बजार पुन: ओरालो लागेको हो। आइतबार २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा पुगेको बजारमा ३ अर्ब ४ करोड २५ लाख रूपैयाँको कारोबार भएको थियो। 

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।


प्रकाशित : सोमबार, असार २५ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend