आइतबार, वैशाख १६ गते २०८१    
images
images

एक दिनको वृद्धिपछि फेरि थामियो सेयर बजार

images
images
images
एक दिनको वृद्धिपछि फेरि थामियो सेयर बजार

सोमबार ०.८० अंकले घटेर बजार २०७६.९६ बिन्दुमा ओर्लिएको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- निरन्तरको गिरावटबीच यो साताको पहिलो कारोबारमा उल्लेख्य बढेको सेयर बजार सोमबार पुनः उही बिन्दु वरपर थामिएको छ। आइतबार २८.३८ अंकले बढेको बजार सोमबार ०.८० अंकले घटेको हो। 

images
images
images

सोमबार ०.८० अंकले घटेर बजार २०७६.९६ बिन्दुमा ओर्लिएको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार ११२ कम्पनीको सेयर मूल्य घटेको छ।

images

गएको साता समग्रमा १०१.६१ अंकले घटेको बजारमा यो साता आइतबार उल्लेखनीय वृद्धि देखिए पनि सोमबार भने बजार पुन: ओरालो लागेको हो। आइतबार २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा पुगेको बजारमा ३ अर्ब ४ करोड २५ लाख रूपैयाँको कारोबार भएको थियो। 

images

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।

images
images

images

प्रकाशित : सोमबार, असार २५ २०८००९:२५

प्रतिक्रिया दिनुहोस