बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटनबाट ५८ अर्ब आम्दानी हुँदा शिक्षा शुल्कमै बाहिरियो ८९ अर्ब

सोमबार, असार २५ २०८०
पर्यटनबाट ५८ अर्ब आम्दानी हुँदा शिक्षा शुल्कमै बाहिरियो ८९ अर्ब

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३७.९ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ९९ करोड पुगेको छ।

काठमाडाैं- पर्यटन क्षेत्रको आम्दानी बढे पनि शिक्षा क्षेत्रमा भने ठूलो पैसा नेपालबाट बाहिरिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत चालु वर्षको ११ महिनामा भ्रमण आय ९४.३ प्रतिशतले वृद्धि भई ५८ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रहेको थियो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३७.९ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ९९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको थियो। 


प्रकाशित : सोमबार, असार २५ २०८००७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend