आइतबार, वैशाख २३ गते २०८१    
images
images

शोधानान्तर स्थिति २ खर्ब २८ अर्ब बचतमा, विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुग्यो

images
images
images
शोधानान्तर स्थिति २ खर्ब २८ अर्ब बचतमा, विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुग्यो
images
images

काठमाडौं- मुलुककाे शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो। 

images
images
images

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो।

images

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको छ।

images

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ।

images
images

राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड पुगेको छ। २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

images

प्रकाशित : सोमबार, असार २५ २०८००६:३९

प्रतिक्रिया दिनुहोस