मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिनर्जी पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति

शुक्रबार, असार २२ २०८०
सिनर्जी पावरलाई ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद निष्कासनका लागि अनुमति दिएको छ।

कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीका लागि सेबोनले असार २० गते बुधबार अनुमति दिएको हो। कम्पनीले २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न सेबोनसमक्ष २०७९ फागुन ५ गते अनुमति मागेको थियो। सेबोनले हकप्रद स्वीकृती दिएसँगै कम्पनीले ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्नेछ।

गत वर्षको साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभाले पारित गरेको हकप्रद सेबोनले स्वीकृती दिएसँगै कम्पनीले अबको दुइ महीनाभित्र निष्कासन गर्नेछ।

अब कम्पनीले हकप्रद निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द मिति तोक्नेछ। उक्त दिनसम्म कम्पनीको सेयर किन्नेहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ। जलविद्युत आयोजना प्रवर्द्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।


प्रकाशित : शुक्रबार, असार २२ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend