मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगानीकर्ताका लागि सुखद रहेन सेयर बजारमा यो साता, मौद्रिक नीतिको पर्खाइ

बिहीबार , असार २१ २०८०
लगानीकर्ताका लागि सुखद रहेन सेयर बजारमा यो साता, मौद्रिक नीतिको पर्खाइ

काठमाडौं- उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। 

बिहीबार बजार स्थिर अवस्थामा देखिएको छ। ०.०६ अंकले घटेर बजार २०४९.३८ बिन्दुमा झरेको छ। ९० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ७ करोड रूपैयाँको कारोबार भएको छ। बिहीबार १२७ कम्पनीको सेयर मूल्य घटेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार नै बजारमा ठूलो गिरावट देखिएको थियो। आइतबार नै बजार ५३.७० अंकले घटेको बजार सोमबार पनि २१.३२ अंकले घटेको थियो। मंगलबार १२.७३ अंकले बढेको बजार बुधबार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , असार २१ २०८००९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend