काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोल ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको त्यतिनै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।