सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

जिरीमा पर्यटकीय ताल निर्माण गरिने, अघि बढाइयो ५ सय ४१ रोपनी जग्गा प्राप्तिको प्रक्रिया

images
बुधबार, असार २० २०८०
images
जिरीमा पर्यटकीय ताल निर्माण गरिने, अघि बढाइयो ५ सय ४१ रोपनी जग्गा प्राप्तिको प्रक्रिया
images
images

काठमाडौं- दोलखाको जिरी नगरपालिकामा पर्यटकीय ताल निर्माण गरिने भएको छ। जसका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढाइएको छ। 

images
images
images

बागमती प्रदेश सरकारले बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमार्फत मानव निर्मित तालको प्रक्रिया अगाडि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखालाई जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोक्ने निर्णय गरेको छ। 

images
images

बैठकले दोलखाको जिरी नगरपालिकामा सञ्चालन हुने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि सो जग्गा प्राप्ति ऐन, २०३४ को दफा (क) बमोजिम करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखालाई जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

images
images

यस्तै बैठकले प्रदेश पर्यटन विकास आयोजनाको म्याद थपेको छ। मन्त्रिपरिषद्‍बाट पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौंलाई २०८० साउनदेखि २०८२ असार मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन्। 

बैठकले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रतिपक्ष दलबाट पेश भएर छुट्न गएका योजनालाई पुनः समावेश गर्ने निर्णय गरेको छ। साथै बैठकले प्रथम पटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा चन्द्रप्रसाद लुइँटेल तथा पूर्णबहादुर दर्जीलाई प्रदेश सेवा एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ। 


प्रकाशित : बुधबार, असार २० २०८०१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend