मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

घोराही सिमेन्टको आईपीओमा रोकिएको सर्वसाधारणको पैसा फिर्ता हुने, नक्कली आवेदकलाई जालसाजी मुद्दा

बुधबार, असार २० २०८०
घोराही सिमेन्टको आईपीओमा रोकिएको सर्वसाधारणको पैसा फिर्ता हुने, नक्कली आवेदकलाई जालसाजी मुद्दा

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) को विवादले सर्वसाधारणको रोकिएको पैसा फुकुवा हुने भएको छ। घोराही सिमेन्टको आईपीओ भरेकाहरुले पैसा फिर्ता गर्न तीन दिनको समय पाउने भएका छन्।

यो अवधिमा आवेदकहरुले दिएको पुरानो आवेदन पनि परिमार्जन गर्ने सुविधा दिने धितोपत्र बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।लगानीकर्ताहरुले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्नसम्म मिल्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार बिक्री प्रबन्धकले यसबारे पुन: सूचना प्रकाशित गर्नेछ। सूचना प्रकाशित भएको तीन दिनभित्र पैसा फिर्ता दिने अथवा रद्द गर्ने निवेदन दिनुपर्ने छ। नभए पहिलाभन्दा धेरै अथवा कम आवेदन पनि दिन मिल्छ। तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आईपीओ आवेदनको म्याद थप ७ दिनसम्म लम्ब्याउने अनुमति पनि दिएको हो।

बोर्डले फर्जी आवेदनको अनुसन्धान भने प्रहरीलाई जिम्मा लगाउने भएको छ। कुल १२ जनाले खातामा पैसा नहुँदा नहुँदै समेत १०-१० लाख कित्ताका लागि आवेदन पेस गरेका थिए।


प्रकाशित : बुधबार, असार २० २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend