आइतबार, वैशाख १६ गते २०८१    
images
images

एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, बुधबार ३९ अंकले घट्यो

images
images
images
एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, बुधबार ३९ अंकले घट्यो
images
images

काठमाडौं- लगातार दुई दिनको गिरावटपछि मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार पुनः ओरालो लागेको छ।

images
images
images

मंगलबार १२.७३ अंकले बढेको बजार बुधबार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको छ। १४ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रूपैयाँको कारोबार भएको छ। बुधबार २ सय ८ कम्पनीको सेयर मूल्य घट्दा दुई कम्पनीको भने स्थिर रह्यो। 

images

मंगलबार बजार १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बजार पुग्दा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार रूपैयाँको कारोबार भएको थियो। साताको पहिलो कारोबारमा आइतबार ठूलो गिरावट देखिएको बजार सोमबार पनि बढ्न सकेन।

images

आइतबार ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा पुग्दा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार २१.३२ अंकले घटेर बजार २०७५.९७ बिन्दुमा पुग्दा चार अर्ब ५ करोड १० लाख ७८ हजार रूपैयाँको कारोबार भएको थियो। 

images
images

गएको साता आइतबार ६२.२१ अंकको वृद्धि आएको बजारमा सोमबार पनि ११.६९ अंकको वृद्धि देखिएको थियो। मंगलबार ५६.९४ अंकले बढेको बजार गएको साताको अन्तिम कारोबारमा बुधबार भने ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको थियो।

images

प्रकाशित : बुधबार, असार २० २०८००९:१९

प्रतिक्रिया दिनुहोस