मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, बुधबार ३९ अंकले घट्यो

बुधबार, असार २० २०८०
एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, बुधबार ३९ अंकले घट्यो

काठमाडौं- लगातार दुई दिनको गिरावटपछि मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार पुनः ओरालो लागेको छ।

मंगलबार १२.७३ अंकले बढेको बजार बुधबार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको छ। १४ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रूपैयाँको कारोबार भएको छ। बुधबार २ सय ८ कम्पनीको सेयर मूल्य घट्दा दुई कम्पनीको भने स्थिर रह्यो। 

मंगलबार बजार १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बजार पुग्दा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार रूपैयाँको कारोबार भएको थियो। साताको पहिलो कारोबारमा आइतबार ठूलो गिरावट देखिएको बजार सोमबार पनि बढ्न सकेन।

आइतबार ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा पुग्दा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार २१.३२ अंकले घटेर बजार २०७५.९७ बिन्दुमा पुग्दा चार अर्ब ५ करोड १० लाख ७८ हजार रूपैयाँको कारोबार भएको थियो। 

गएको साता आइतबार ६२.२१ अंकको वृद्धि आएको बजारमा सोमबार पनि ११.६९ अंकको वृद्धि देखिएको थियो। मंगलबार ५६.९४ अंकले बढेको बजार गएको साताको अन्तिम कारोबारमा बुधबार भने ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको थियो।


प्रकाशित : बुधबार, असार २० २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend