शनिबार, असोज ५ गते २०८१    
images
images

कुन गन्तव्यको हवाई भाडा कति? (सूचीसहित)

images
बुधबार, असार २० २०८०
images
images
कुन गन्तव्यको हवाई भाडा कति? (सूचीसहित)

अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य विमानस्थलमा उडान गर्दा यात्रु सेवा शुल्क ५ सय रुपैयाँ रहेको छ। आन्तरिक हव विमानस्थलबाट काठमाडौं आउँदा भने यात्रु सेवा शुल्क ४ सय रुपैयाँ रहेको छ। अन्य विमानस्थलको हकमा भने यात्रु सेवा शुल्क ३ सय रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आयल निमगले हवाई इन्धनको मुल्य घटाएसँगै हवाई भाडामा जोडिने इन्धनको सरचार्ज शुल्क घटाएको छ। अहिले हवाई भाडा तय गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वटा शीर्षकमा विभाजन गरेर अधिकतम हवाई भाडा तय गरेको हुन्छ।  जसमा हवाई फेयर, इन्धन चार्ज र यात्रु सेवा शुल्क रहेको छ। 

images
images
images

अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य विमानस्थलमा उडान गर्दा यात्रु सेवा शुल्क ५ सय रुपैयाँ रहेको छ। आन्तरिक हव विमानस्थलबाट काठमाडौं आउँदा भने यात्रु सेवा शुल्क ४ सय रुपैयाँ रहेको छ। अन्य विमानस्थलको हकमा भने यात्रु सेवा शुल्क ३ सय रुपैयाँ रहेको छ।

उदाहरणका लागि काठमाडौं-धनगढी उडानको हवाई भाडामा ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लाग्छ। तर धनगढीबाट काठमाडौं आउँदा भने यात्रु सेवा शुल्क ४ सय मात्रै लाग्छ। यसैगरी काठमाडौं-पोखरा, पोखरा-काठमाडौं, काठमाडौं- भैरहवा र भैरहवा-काठमाडौंमा ५ सय रुपैयाँ नै यात्रु सेवा शुल्क लाग्छ।

सोही आधारमा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक हव विमानस्थलमा उडान गर्दा भन्दा आन्तरिक हव विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दा १ सय रुपैया कम भाडा लाग्छ।

images

प्राधिकरणले तोकेको अधिकतम भाडामा सबैभन्दा बढी काठमाडौं-धनगढीको भाडा बढी रहेको छ। काठमाडौं-धनगढीको अधिकतम भाडा १४ हजार ६ सय ४० रुपैयाँ रहेको छ। यो भाडामा हवाई फेयर ८ हजा। १ सय ३० रुपैयाँ, इन्धन चार्ज ६ हजार १० रुपैयाँ र यात्रु सेवा शुल्क ५ सय रुपैयाँ रहेको छ। तर अधिकांश गन्तव्यको हवाई भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भन्दा कम रकम हुने गरेको छ।

कुन गन्तव्यको  अधिकतम भाडा कति?

air fair.jpg


प्रकाशित : बुधबार, असार २० २०८००४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend