मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

धमाधम आईपीओ आउँदै : तीन दिनमै पाँच कम्पनीलाई साढे ५ अर्बको आईपीओ जारी गर्ने अनुमति

बुधबार, असार २० २०८०
धमाधम आईपीओ आउँदै : तीन दिनमै पाँच कम्पनीलाई साढे ५ अर्बको आईपीओ जारी गर्ने अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पछिल्लो समय धमाधम साधारण सेयर (आईपीओ) जारीको अनुमति दिएको छ। पछिल्लो तीन दिनमा मात्रै पाँच कम्पनीलाई आईपीओको अनुमति दिएको हो।

बोर्डले  पाँच कम्पनीलाई ५ अर्ब ५२ करोड ४७ लाख २ हजार २२० रुपैयाँ बराबरको सेयर बिक्रीको अनुमति दिएको हो।

सेबोनले आइतबारयता हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।  

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते अनुमति पाएको हो। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। 

त्यस्तै मिड सोलु हाइड्रोपावरले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न असार १८ गते अनुमति दिइएको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड छ। 

त्यसैगरी माण्डु हाइड्रोपावरलाई अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन असार १८ गते सेबोनले अनुमति दिएको हो। अनुमति पाएसँगै कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नेछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यी दुई हाइड्रोपावर कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछन्। त्यसपछि कम्पनीहरूले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न असार १९ गते सेबोनले अनुमति दिएको हो। अनुमति पाएसँगै कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीको लागि र ४ लाख ८० हजार कित्ता कर्मचारीहरूको लागि छुट्याइएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंक लिमिटेड छ। 

त्यसैगरी सिटिजन नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार १९ गते अनुमति पाएको हो।

अनुमति पाएसँगै कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारी गएका नेपालीहरूको लागि छ। त्यस्तै कर्मचारीको लागि ५ लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरिनेछ। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड छ। 


प्रकाशित : बुधबार, असार २० २०८०००:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend