मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

कोभिडमा दिएको सुविधा कटौती गरेपनि कसिलो व्यवस्था नफुकाउँदा समस्या आयो : उपाध्यक्ष कोइराला

मंगलबार, असार १९ २०८०
कोभिडमा दिएको सुविधा कटौती गरेपनि कसिलो व्यवस्था नफुकाउँदा समस्या आयो : उपाध्यक्ष कोइराला

संघले ऋण विस्तार गर्न पुँजी कम हुन थालेको भन्दै जोखिम भारित सम्पत्तिहरुलाई १०० प्रतिशतमा झार्न सुझाव दिएको छ।

काठमाडौं- नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले असल कर्जामा पनि १.३ प्रतिशतको ऋण नोक्सानी व्यवस्थाले निरन्तरता पाउँदा असजिलो भएको बताएका छन्। उनले कोभिडमा दिएको सुविधा कटौती गर्ने तर त्योबेला कसिलो बनाएको व्यवस्था नफुकाउँदा समस्या आएको समेत बताए।

युएसएआईडीले आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले स्प्रेड र आधार दरको नीति पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन्।

माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका संघका उपाध्यक्ष कोइरालाले भने, ‘आधार दरको गणनामा खर्चहरु जोड्न नपाइने अहिलेको व्यवस्था अव्यवहारिक छ।’ राष्ट्र बैंकले केही क्षेत्रमा आधार दरमा २ प्रतिशत मात्र बढी प्रिमियम जोडेर ऋण दिन पाइने व्यवस्था गरेकाले बैंकहरुलाई समस्या परेको समेत उनले बताए। 

संघले ऋण विस्तार गर्न पुँजी कम हुन थालेको भन्दै जोखिम भारित सम्पत्तिहरुलाई १०० प्रतिशतमा झार्न सुझाव दिएको छ। यसबाहेक पुँजीमा परिवर्तन गर्न सकिने ऋणपत्र जारी गर्न दिनुपर्ने सुझाव पनि संघको छ।


प्रकाशित : मंगलबार, असार १९ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend