शुक्रबार, असोज ४ गते २०८१    
images
images

प्रदेश १ र २ मा दर्ता हुनेबाहेक सबै सवारीमा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर 

images
सोमबार, कात्तिक २२ २०७८
images
images
प्रदेश १ र २ मा दर्ता हुनेबाहेक सबै सवारीमा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर 

भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्रदेश १ र २ मा बाहेका अन्य पाँछ वटा प्रदेशमा नयाँ दर्ता हुने सवारी साधनमा अनिर्वाय रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- प्रदेश १ र २ बाहेक सबै प्रदेशमा दर्ता हुने नयाँ सवारीमा मंसिर १ गतेबाट अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ।

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्रदेश १ र २ मा बाहेक अन्य पाँच वटा प्रदेशमा नयाँ दर्ता हुने सवारी साधनमा अनिर्वाय रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको हो। 

मन्त्रालयले  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका सबै यातायात कार्यालयलाई मंसिर १ देखि नयाँ दर्ता हुन आउने निजी, सरकारी, संस्थान, सार्वजनिक सवारी लगायत सबै प्रकारका सवारी सधानमा इम्बोस्ड नम्बर जडान गर्न सर्कुलर गरेको हो।

यसैगरी फागनु १ गतेबाट नामसारीमा आउने सवारी र २०७९ जेठ १ गतेबाट सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्ने आउने सबै खालका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने निर्णय मन्त्रालयले गरेको छ। 

images


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend