मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा उतारचढावबीच दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

मंगलबार, असार १९ २०८०
सेयर बजारमा उतारचढावबीच दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

यो साता पहिलो र दोस्रो कारोबारमा दोहोरो अंकले घटेको बजार मंगलबार दोहोरो अंकले बढेको हो।

काठमाडौं- पछिल्लो केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। 

यो साता पहिलो र दोस्रो कारोबारमा दोहोरो अंकले घटेको बजार मंगलबार दोहोरो अंकले बढेको हो। मंगलबार १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बजार पुग्दा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ। एक सय ४५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रह्यो। 

साताको पहिलो कारोबारमा आइतबार ठूलो गिरावट देखिएको बजार सोमबार पनि बढ्न सकेन। आइतबार ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा पुग्दा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार २१.३२ अंकले घटेर बजार २०७५.९७ बिन्दुमा पुग्दा चार अर्ब ५ करोड १० लाख ७८ हजार रूपैयाँको कारोबार भएको थियो। 

गएको साता आइतबार ६२.२१ अंकको वृद्धि आएको बजारमा सोमबार पनि ११.६९ अंकको वृद्धि देखिएको थियो। मंगलबार ५६.९४ अंकले बढेको बजार गएको साताको अन्तिम कारोबारमा बुधबार भने ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको थियो। 

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ।अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, असार १९ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend